एउटा हटियाको सम्झना


मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि हो। पशुहाट भनिने त्यहाँको विशाल फाँटमा टा(टाढादेखि आफ्ना गाईवस्तु, बाख्रापाठा डोर्याउँदै किसानहरु आउँछन्। किनबेचमा जानेको दोहोरीलत्ता हुन्छ हाटमा।

म अलि सानै हुँदाको कुरा हो। एक बुधबार हाम्रो घरबाट पनि एउटा लैनो भैंसी त्यहाँ पुर्याइएको थियो। त्यो दिन बिहानै कुमार दाइले भैंसी र त्यसको पाडी आँगनमा निकाले। बिहानका कलिला घाममा भैंसीलाई मिचिमिचि नुहाइदिए घरका सबै मिलेर।जिउमा सुकेर टाँसिएको पाप्रा गोबरलाई पनि ढड्याउँदै घिरौंलो जालोले घोटीघोटी चिल्लो बनाए। भैंसी ओभाएपछि त्यसको सिङ्को फेददेखि पुच्छरको टुप्पोसम्म खानेतेल घसियो। बिक्री गर्ने समयमा हरेक घरमा यो प्रक्रिया दोहोरिने गर्छ। क्रेताको आँखामा झट्ट पर्न भैंसीराँगाले जिन्दगीमा यसैगरी ‘सनबाथ’ गर्न पाउँछन्। हाम्रो भैंसीले पनि यसरी एकाबिहानै रुप र सौर्न्दर्यको पुनजन्म पायो।

म कहिल्यै पशुहाट गएको थिइनँ। त्यो पटक मलाई पनि जाउँजाऊँ लागेर आयो। मैले आफू पनि जाने कुरो गरें बा-आमासँग। ‘त्यो केटाकेटी जाने ठाउँ होइन’ उनीहरुले कुरो भुइँमा खस्न नपाइ उछितो काढे।

एउटा यात्राको कथा


क्रियाशिल नाट्य समूह शिल्पीसँग हाम्रो नयाँ राजधानी काठमाडौँ देखि उनीहरुको पुरानो राजधानी कोलकाता हुँदै प्राचीन अशोकनगरी उडिसासम्म जाने दुर्लभ मौका मलाई जुरेको थिएछ।
त्यो यात्राले म कुवाको भ्यागुत्तोलाई आफूपर्तिरको पृथक दुनियाँ देखाइदियो। त्यो दुनियाँका मान्छे मजस्तो खाँदैनन्, मजस्तो बोल्दैनन्, मजस्तै भएर पनि मजस्ता छैनन् भन्ने पाठ पढायो।
विश्वव्यापीकरणले आधुनिक डिजिटल भाषामा ‘यो संसार एउटा सानो बजार’  भनेर हाँक दिइरहेछ। इन्टरनेटका पृष्ठ पल्टाएर एक बाट अर्को ठाउँमा मिलिक्कै जान सकिन्छ। तर होइन रहेछ, कल्पनाको डिजिटल दुनियाँबाट निस्केर गरिने यात्राअनुभव अन्त कतै नपाइने रहेछ१
साँच्चै१ काखको ल्यापटपमा गुगलअर्थ पल्टाउँदा सँसारका कुनाकाप्चा देखिने यो युगमा जोन उडले माइक्रोसफ्ट किन छोड्नु पर्थ्यो र१
हो१ भिन्न कुराहरु हेर्ने, चाख्ने, सुन्ने अवसर थियो त्यो यात्रा। शिल्पी कोलकातामा हुने भनिएको नाटक महोत्सवमा भाग लिन जाँदैथियो। र, म एक फिरन्ता विद्यार्थीको रुपमा टोलीमा थिएँ।
धेरै ठूला काम त म नाथेले के गर्थेँ र१  माटोको सानो बोहोतामा चिया खाएँ, ट्राम चढेँ , मेट्रो टे्रनमा बिजुली गतिमा हुँइकिएँ, समुद्रको पानीमा बिरेनुनको स्वाद भेट्टाएँ, अक्षयकुमारका एक्सन फिल्मले सिकाएको हिन्दी कट्याककुटुक बोलिटोपलेँ। यस्तै यस्तै काम गरेँ। तर, ति मेरा लागि नितान्त नौला थिए।

ठग हकर र लिम्बू झोँक
 जयनगरबाट हामी कोलकाताका लागि रेल चढ्यौँ। रेलभित्र बसेको एकैछिनमा पत्रिकाको मुठो च्यापेर एउटा व्यापारी पस्यो ― एकैछिन पछाडि यो किच्चक ठग निस्कियो। कुरो के भयो भने,  हिन्दी भाषा पढिहालौँ भनेर मैले त्योसँग चार रुपिया दामको एउटा अखबार किनेँ। वीस रुपियाँको भारु दिएँ, उसले फर्काएको फिर्ता रकम गन्न थाल्दा ऊ मेरो सामू थिएन, तर रेलको त्यही डब्बाभित्र थियो। साथीले फिर्ता दिएको पैसोको मुठोमा जम्मा छ रुपियाँमात्र पो छ१ हुनुपर्ने  सोह्र हो। म फुत्त उफ्रेर गएँ र यस्तो यस्तो भएछ भाइसाप भनेर नम्र शैलीमा भनेँ। ऊ त झडङ्ग झन्कियो पो ― तुमने दशका नोट दियाथा। कैसा बात करता है। दश माइनस चार हिसाप करके देखो। तुम्हारा हिसापकिताप अच्छा नहीँ है क्या ?

पुल

(Image Source: www.northofnormal.com)

हात समातेर रुँदै भन्यौ– नतर्नू पुल
पुलपारिको सपनाको संसारमा
स्वतन्त्र उफ्रिने आशामा
तिमीले समाएको हात झड्कारेर
मैले तरेँ पुल
अझ,
तिमीले पछ्याउने डरमा
भत्काइदिएँ पुल ।


सोचेको थिएँ
तर्नुपर्ने यो हो अन्तिम पुल
तर
सपना थपिदै गए
थपिदै गए नयाँ पुलहरु
अझै पर
अझै पर
तरेँ अन्तिम पुलपनि ।

र,
पछाडि फर्किएर बोलाएँ तिमीलाई
तर त्यहाँ
न तिमी थियौ
न अरु कोही
न त मैले तरेका पुलहरु ।


Also read:
Bina
Diteez
Satamedi