पुल

(Image Source: www.northofnormal.com)

हात समातेर रुँदै भन्यौ– नतर्नू पुल
पुलपारिको सपनाको संसारमा
स्वतन्त्र उफ्रिने आशामा
तिमीले समाएको हात झड्कारेर
मैले तरेँ पुल
अझ,
तिमीले पछ्याउने डरमा
भत्काइदिएँ पुल ।


सोचेको थिएँ
तर्नुपर्ने यो हो अन्तिम पुल
तर
सपना थपिदै गए
थपिदै गए नयाँ पुलहरु
अझै पर
अझै पर
तरेँ अन्तिम पुलपनि ।

र,
पछाडि फर्किएर बोलाएँ तिमीलाई
तर त्यहाँ
न तिमी थियौ
न अरु कोही
न त मैले तरेका पुलहरु ।


Also read:
Bina
Diteez
Satamedi




सकिनँ मन पराउन


घरले– मन पराउन सकेन
मनले– मन नपराउन सकेन
तिमीलाई ।

मन,
कुराहरु छन् बोल्दैन ।
घर,
कुरै छैनन् बोलिरहन्छ ।
सुन्यौ तिमीले मनलाई ?

मुख छैन मनको
मन छैन घरको
परिणाम–
बन्न पुग्यौ तिमी मेरो पूर्व प्रेमिका
र सकिनँ–
तिमीलाई मन पराउन ।

Light

LIGHT


I live in utter darkness
Sun- You  have failed to illuminate  my path,
moon- You refused to radiate my trail
The path, the trail
that could’ve connected me and my light
Oh sun and moon
I don’t see the way I can reach my light
and unveil her
Congratulations !
For you got me astray
Now I live in utter darkness.