पुल

(Image Source: www.northofnormal.com)

हात समातेर रुँदै भन्यौ– नतर्नू पुल
पुलपारिको सपनाको संसारमा
स्वतन्त्र उफ्रिने आशामा
तिमीले समाएको हात झड्कारेर
मैले तरेँ पुल
अझ,
तिमीले पछ्याउने डरमा
भत्काइदिएँ पुल ।


सोचेको थिएँ
तर्नुपर्ने यो हो अन्तिम पुल
तर
सपना थपिदै गए
थपिदै गए नयाँ पुलहरु
अझै पर
अझै पर
तरेँ अन्तिम पुलपनि ।

र,
पछाडि फर्किएर बोलाएँ तिमीलाई
तर त्यहाँ
न तिमी थियौ
न अरु कोही
न त मैले तरेका पुलहरु ।


Also read:
Bina
Diteez
Satamedi




0 comments:

Post a Comment